१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पशुपतीनाथ मन्दिर लन्डनमा रक्षा वन्धन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार ११:२२

फडिन्द्र भट्टराई । लन्डन । हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना गरिएको छ । आज विहीवार मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे सम्मको समयमा मन्दिर खुल्ला राखिएको थियो।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बालजंग अर्यालका अनुसार रक्षा वन्धनको अवसरमा बिहानै देखी रुद्राभिषेक पुजा सहित जनै पुजन तथा मंत्रोरचरणको बिशेष पुजा अजा मन्दिर आवद्द पण्डितहरुबाट संचालन भएको थियो ।
मन्दिर व्यवस्थापन समितीका महासचिव अर्जुन गौतमले मन्दिरमा आयोजित रक्षा वन्धन कार्यक्रममा सहभागिताको लागी आफ्नो मातहतका साथीभाईहरु उपस्थित रहेको जनाए ।
साउथ ईष्ट लन्डनको प्लमस्टेडमा नेपाली हरुकै पहलमा स्थापित पशुपती मन्दिरले विगतका बर्षहरुमा समेत रक्षा वन्धन, तीज, दशैँ , शिवरात्री लगायतका पर्वहरुमा बिशेष पुजाआजाको आयोजना गर्दै आएको छ ।
रक्षा वन्धनको दिनमा हिन्दु धर्मालम्बी हरुले परम्परागत रुपमा रक्षा वन्धनको रुपमा पुजिएको डोरो बाँध्ने तथा जनै पहिरेर धार्मिक कर्म प्राप्तीको मार्गमा पुनर्जागरुक हुने पावन दिनको रुपमा जनै पुर्णिमा मनाउने परम्परा रही आएको छ ।
13883716_10157295990005494_716933331_n

14017596_10157295991330494_2139836450_n

14017881_10157295995665494_1873297902_n

14030626_10157295990040494_1915217709_n

14054710_10157295993990494_136814310_n

14081100_10157295990585494_74238266_n

14081210_10157295991650494_1304220536_n

14081376_10157295991450494_576980596_n