७ बैशाख २०८१, शुक्रबार
Follow Us

कामचलाउ सरकारका दीर्घकालीन निर्णयप्रति एमालेको आपत्ति

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार ११:१५

काठमाडौं । सरकारले दुरगामी प्रभाव पार्ने निर्णयहरु गरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । कामचलाउ सरकारले ताजा जनादेशलाई उपेक्षा गर्दै धमाधम निर्णय गर्न लागेको भन्दै एमालेले आपत्ति जनाएको हो । एमाले पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह हुने पत्रकार सम्मेलनमा सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
सरकारले हिजो मात्र ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने र भूकम्प पीडितका लागि थप एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । काउचलाउ अवस्थामा रहेको सरकारले यस्ता दुरगामी प्रभाव पार्ने किसिमका निर्णयहरु गर्न नहुने एमालेको दावि छ । यसअघि पनि बाम गठवन्धनले प्रधानमन्त्री शेरवहादुर देउवालाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न आग्रह गर्दै आएको थियो ।