७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्दिप आईपीएलमा आबद्ध, २० लाख भारुमा दिल्ली डेरडेभिल्सबाट खेल्ने

नेपालब्रिटेन डट कम्
१४ माघ २०७४, आईतवार ०८:३७

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने आइपिएल खेल्न पाउने पहिलो नेपाली खेलाडी बनेका छन् । आइपिएलको बोलकवोल ‘अक्सन’ सूचीको दोस्रो दिन लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयामा आबद्ध गरेको हो । सन्दीप अक्सन लिस्टमा २ सय ७६ औं नम्बरमा थिए । अनक्याप्ड क्याटागोरीवाट सन्दीपलाई दिल्ली डेयर डेभिल्सले टिममा आबद्ध गरेको हो । अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तीमा २० लाख भारतीय रुपैया थियो । सोही न्युनतम मुल्यमा उनलाई दिल्लीले टिममा आबद्ध गराएको हो । यसअघि सन्दीप पाकिस्तान सुपर लिग ‘पिएसएल’ र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा भने छनौट हुन असफल भएका थिए ।