६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेताको जुत्ता पालिस कार्यक्रममा ३० हजार रुपैयाँ संकलन

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार १०:३८

काठमाडौं । राजनीतिक शुद्धिकरण अभियानका लागि नेपाली कांग्रेसका नेताहरुले मंगलबार जुत्ता पालिस गरेका छन् । आज विहान दश बजेदेखि एघार बजेसम्म राजधानीको बानेश्वरमा कांग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ, चन्द्र भण्डारी राधेश्याम अधिकारीलगायतले जुत्ता पालिस गरेका हुन ।

पन्चायत कालमा कांग्रेसका स्वर्गिय नेता कृष्णप्रसाद भट्टराईले किताव कापी किन्न पैसा नभएका कांग्रेस कार्यकर्तालाई दिनको एकघन्टा जुत्ता पालिस गर्न दिएको सन्देशलाई अनुशरण गर्दै जुत्ता पालिस गरिएको सहभागीले बताएका छन् ।

राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जुत्ता पालिस गर्ने कार्यक्रम गरेको हो । व्यग्यको रुपमा गरिएको कार्यक्रममा तीस हजार रुपैया चन्दा समेत संकलन भएको छ । कृष्णप्रसाद भट्टराई जस्ता अग्रज भएको कांग्रेस अहिले सही दिशामा भएकाले सुधारको आवश्यकता छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको प्रतिस्ठानले जानकारी दिएको छ ।