७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, चिनिया राजदूत दक्षिणी सीमामा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०६:२४

जनकपुर । नेपालका लागि चिनियाँ राजदूत यु होङले बाढी प्रभावित धनुषावासीलाई राहत वितरण गरेकी छन् । उनले धनुषा नगरपालिकामा पुगी १ सय ३० परिवारलाई राहत वितरण गरेकी हुन । चिनियाँ राजदूत राहत बाँड्न त्यसबेला तराई पुगेकी छन्, जुन बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणमा नेपाल आउँदै छिन् ।

राहत वितरण कार्यक्रममा राजदूत होङले बाढीले क्षति पुयाएका तराईका बाइस जिल्लामा चीन सरकारले सहयोग गर्न चाहेको बताइन । राहत वितरणका लागि राजदूत होङ बिहीबारसम्म जनकपुरमै रहने कार्यक्रम छ ।

राहतमा ऊनीको कपडा, कम्बल, खाना पकाउने भाँडा, झुल र स्टोभलगायत सामग्री रहेका छन् । चाइना एड र यूएनडीपीको सहयोगमा सीआईसी धनुषाले जिल्लाका ३ हजार चार सय परिवारलाई राहत वितरण गर्ने बताइएको छ । धनुषाका साथै तराई मधेसको सुनसरी, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, धनुषा र रौतहट गरी ७ वटा जिल्लाहरुमा कुल ४० हजार बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।