१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीश पराजुलीलाई कारबाही हुन्छ : प्रहरी प्रमुख अर्याल

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार १३:५०

दाङ । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीविरुद्ध बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको उजुरीका विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ र नागरिक समाज दाङले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रहरी प्रमुख अर्यालले प्रधानन्यायाधीसले ज्यान मार्ने धम्की दिएको भन्दै परेको उजुरीमा छानविन भैरहेको बताएका हुन । साना–ठुला सबैलाई कानून बराबर भएको भन्दै उनले उजुरी दर्ता भैसकेपछि प्रहरीले कानून अनुसार प्रक्रिया अघि बढाएको जानकारी दिए । पछिल्लो समयमा प्रहरी अधिकृतदेखि जवानसम्म विभिन्न अपराधिक घटनामा मुछिएकोमा असन्तुष्टि जनाउदै उनले दोषि सबैलाई कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता समेत जनाए ।