१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काँग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार १३:३२

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उहाँलाई आज प्रदेश नं ४ मा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसले यसअघि प्रदेश नं १ मा डा डिला संग्रौला, प्रदेश नं २ मा विमलेन्द्र निधि, प्रदेश नं ३ मा डिना उपाध्याय, प्रदेश नं ५ मा बालकृष्ण खाँण, प्रदेश नं ६ मा जीवनबहादुर शाही र प्रदेश नं ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको छ ।