११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शाह उडिसा प्रस्थान

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार ०७:५२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाँदैछन । झन्डै दुई साताको धार्मिक र सदभाव यात्रामा शाह आज अपरान्ह भारतको उडिसा जान लागेका हुन । पूर्वराजा शाह एयर इन्डियाको विमानद्वारा कोलकाता हुँदै भुवनेश्वर प्रस्थान गर्ने उनको निजि सचिवालयले जानकारी दिएको छ ।

शाहले उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिको रुपमा सहभागिता जनाउने कार्यक्रम छ ।

सो क्रममा पूर्वराजाले गौशालाको उदघाटनका साथै उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ । शाहलाई उडिसास्थित पुरी मठमा नागरिक अभिनन्दन गरिने कार्यक्रम छ । पूर्व राजा शाह करिव दुई साता भारतमा रहने बताइएको छ ।