१२ बैशाख २०८१, बुधबार
Follow Us

मिलन अमात्यले १० फेब्रवरीमा आश्फोर्डमा साँगितिक धमाका मच्याउने

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार २२:५९

ब्यास्त चर्चित गायिका मिलन अमात्य अहिले युकेमा रहेकी छिन ।
ई-मिडिया हब युकेको आयोजनामा युकेका बिभिन्न शहरहरुमा आयोजन हुँदै गरेको “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रमका लागी २ हप्ता अगाडी युके उत्रीएकि गायिका मिलन अमात्यले ३ वटा कार्यक्रमहरुमा प्रस्तुती दिसकेकी छिन भने एउटा गीतमा आवाज समेत रेकर्ड गर्न भ्याएकी छिन ।

युकेको भ्रमणमा पनि ब्यास्त गायिकाले समय मिलाएर भ्याए सम्म आफ्नो दैनिकी पनि पूरा गरिरहेको जानकारी दिएकी छिन ।

आउँदो फेब्रवरि १० तारिख केन्टको आश्फोर्ड शहरमा आयोजना हुने चौंथो साँगितिक कार्यक्रमको तयारीका क्रममा गायक तथा सँगितकार बिसी राईसँग १० तारिख प्रस्तुत गर्ने तयारी रहेको गीतको रेकर्डिङ सम्पन्न गर्दै युकेमा पहिलो गित रेकर्ड गर्दै अर्को रेकर्ड थपिएको खुशी गायिका मिलन अमात्यले फेसबुक मार्फत सार्बजनिक गरेकी छिन ।

जिबनसंग जिबनसँग सम्बंधित गीत “कहाँको जन्म हाम्रो, कहाँको मरण….” बोलको गीतको रेकर्डिङ सम्पन्न भएको हो ।
गायक बिसी राईसँग मिलन अमात्यले रेकर्ड गरेको गीत १० फेब्रवरि साँझ बिषेश रुपमा प्रस्तुत गर्ने तयारी भएको छ ।

केहि समय पछी म्युजिक भिडियो पनि णिर्माण गर्ने तयारी भएको “कहाँको जन्म हाम्रो, कहाँको मरण, का अलावा गायिकाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारीमा छिन ।

फेब्रवरी १० मा आश्फोर्ड, १८ मा उलविच, ३ मार्चमा अल्डर्सट ५ मार्चमा फ्रान्सको पेरिस लगायत अन्य स्थानहरुमा पनि कार्यक्रम हुने तयारी भएको जानकारी गायिकाले दिएकी छिन ।
युके बसाई पनि ब्यास्त भएको प्रतिकृया दिंदै काम देखी बिश्राम लिएर स्कटल्याण्ड र स्विजर्ल्याण्ड भ्रमणको योजना पनि बनी रहेको कुरा उत्साहित हुँदै गायिका मिलन अमात्यले जानकारी दिएकी छिन ।

कान्तिपूर टिभीले आयोजना गर्ने म्युजिक अवार्डमा उत्कृष्ठ गायिकामा मनोनित भएको प्रती सम्पूर्ण श्रोता र शुभचिन्तक प्रती गायिकाले धन्यबाद सहित आभार प्रकट गर्दै सबैलाई धन्यबाद दिएकी छिन साथै सदा माया र आशिर्बाद मिलिरहने प्रती बिश्वास ब्यक्त गरेकी छिन ।

गायिका मिलन अमात्यको युके र युरोपको साँगितिक यात्रा र भ्रमण सफल रहोस हाम्रो शुभकामना ।