८ बैशाख २०८१, शनिबार
Follow Us

रुखमा चढाई फेदबाट ढलाएर गयौ (सरु पौडेल)

sarusaru
२८ माघ २०७४, आईतवार ०३:३६

गजल

मेरो मुटु धुजाधुजा बनाएर गयौ
मलाई छोडी अर्कै हात समाएर गयौ।

तिमीबिना एकपल पनि बाँच्दिन म भन्थ्यौ
उसलाई पायौ खै किन रमाएर गयौ ।

आफुझैँ ठानेँ मैले विश्वास गरेँ तिम्लाई
रुखमा चढाई फेदबाट ढलाएर गयौ ।

जीवनभर नरुहाउने बाचा गरी किन
यी नयनमा वर्षे बाढी चलाएर गयौ ।

काफल पाकेतिरै चरी नाचेजस्तो गरी
म पीडामा हुँदा खुसी मनाएर गयौ ।

सरु पौडेल
कलङ्की ,काठमाण्डौ