१२ बैशाख २०८१, बुधबार
Follow Us

तेक्वान्दोकी निशा पहिलो चरणबाटै बाहिरिइन्

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७३, आईतवार ०४:४०

काठमाडौं । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् । रियोस्थित कारिओका एरिना–३ मा भर्खरै सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत भएको बताइएको छ ।
योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल आज निशाले खेलेकी थिइन् । यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् ।
सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक हुन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेलेकी हुन् ।