१५ चैत्र २०८०, बिहीबार
Follow Us

सप्तगण्डकी क्याम्पसमा साहित्यद्वारा पोखियो मायाको परिभाषा

sarusaru
३ फाल्गुन २०७४, बिहीबार ०८:३४

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा आमसञ्चार र ग्रामीण विकास अध्ययनरत विद्यार्थीहरुले बुधबार भ्यालेन्टाइन विशेष कार्यक्रम गरेका छन् ।
चितवनका कवि तथा साहित्यकार भूपिन खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यार्थीहरुले ‘माया के हो’ भन्ने बारेमा गीत, कविता र गजल सुनाएका थिए । कार्यक्रममा कवि तथा कलेजका प्राध्यापक भूपिनले भ्यालेन्टाइन डे को ऐतिहासिक सन्दर्भको बारेमा मायामा गिर्न होइन अगाडि बढ्न सकारात्मक सोचले माया गर्नुपर्छ भन्ने प्रस्तुति दिएका थिए । कार्यक्रममा पाब्लो नरुदाको प्रेम कविता सुनाउँदै उनले मायामा कुनै स्वार्थ र बदलाको भावना केही नहुने भन्दै मायाको नाममा देखिएका विकृतिहरुको अन्त्य हुनुपर्ने विचार राखेका थिए । कार्यक्रममा ग्रामीण विकास विषयका प्राध्यापक रामप्रसाद तिवारी र आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले पनि आफ्नो विचार राखेका थिए ।