७ बैशाख २०८१, शुक्रबार
Follow Us

लम्फुको पोष्टर सार्वजनिक

sarusaru
४ फाल्गुन २०७४, शुक्रबार ०३:५६

वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ का तीन पोष्टर एकसाथ सार्वजनिक भएका छन् । पोष्टरहरु फरक-फरक प्रकृतीका छन् । तीनवटै पोष्टरमा नव-नायक कबिर खड्का फिचर्ड छन् ।

पोष्टरमा ‘तरकारीवाली’ को नामले भाईरल बनेकी कुशुम श्रेष्ठ पनि अटाएकी छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा सँगै अभिनेता सलोन बस्नेत पोष्टरमा देखिन्छन् ।

पोष्टरमा कबिर र मरिस्काको रोमान्टिक अवतार पनि देख्न सकिन्छ । ‘लम्फू’ का पोष्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

यसअघि अर्जुन पोखरेलको संगीत रहेका यो फिल्मका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए । सार्वजनिक सबै गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको संगीतकार पोखरेलले बताए । अब छिट्टै ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ
– फिल्मी खबरबाट ।