१५ चैत्र २०८०, बिहीबार
Follow Us

तमु सुन्दरी प्रतियोगिता हुदै

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार ०५:५१

पोखरा । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छाँज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ ।

प्रशिक्षणमा कास्की, स्याङ्जा, लमजुङ, पर्वत, गोरखा, झापा, चितवनलगायतका जिल्लाका २० प्रतिस्पर्धी सहभागी छन् ।

प्रशिक्षणमा व्यक्तित्व विकास, भाषा, संस्कार संस्कृतिलगायतका विभिन्न विधाका विज्ञबाट प्रशिक्षण दिइने नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीका अध्यक्ष एवम् मिस तमुस्यो नेपालका मूल आयोजक समिति संयोजक धनु तमुले जानकारी दिनुभयो ।

असोज ८ गते पोखरा सभागृहमा फाइनल हुने मिस तमुस्यो प्रतियोगिताका विजेताले नगद रु ५० हजारसहित एक हप्ते हङकङ यात्राको अवसर प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रतियोगितामा उपविजेता एवम् फस्ट रनर अपले नगद रु ३० हजार, सेकेण्ड रनर अपले नगद रु २० हजारसहित विभिन्न पुरस्कारका साथै अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।