४ बैशाख २०८१, मंगलवार
Follow Us

आईफोनको रुख सार्वजनिक

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०३:५४

काठमाडौं । जापानमै रहेर पनि नेपाली गीत संगीतमा उपस्थिति जनाइरहेका सर्जक तथा गायक प्रेम सापकोटा सोनुको नयाँ गीत आइफोनको रुख भर्खर सार्वजनिक भएको छ । विदेशमा नेपालीहरुले भोग्ने आइफोन सम्बन्धी विषयलाई रमाइलोसँग उठाइएको सो गीत बास्तवमै उत्कृष्ट रहेको श्रोतहरुले प्रतिक्रिया दिएका छन् ।

सापकोटाको एकल गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको बताइएको छ । गीतको शव्द, लय तथा निर्देशन र स्वर समेत प्रेमकै रहेको सो गीतले समसामयीक विषयलाई समेटेका छन ।

सापकोटाले आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हेर्ने र सुन्ने प्रायले राम्रो गीत भनेर प्रतिक्रिया दिएका छन । गीतमा मुकुन्द न्यौपाने र सविना न्यौपाने उत्कृष्ट अभिनय गरेका छन ।
https://youtu.be/pvIhyDDklsE