१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि अनलाइन प्लेटफर्म

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार १९:२०

लन्डन । तपाईं गीत संगीत, अभिनय, फोटोग्राफी, मोडलिङ, एक्रोब्याट्स वा अन्य यस्तै ८० भन्दा बढि विद्यामा करिअर बनाउन चाहनुहुन्छ ? खुबी छ तर अवसर नपाएर अन्यौल भइरहेको छ भने एउटा अनलाइन प्लेटफर्म सहयोगी बन्न सक्छ नवप्रतिभाहरुका लागि । संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि मन्च प्रदान गर्न खोलिएको हो उक्त वेवसाइट ।

प्रतिभाशाली युवाहरुलाई व्यवसायिक करिअरमा साथ दिन बनाइएको छ सोसियल इ प्लेटफर्म भिप्जी डट कम । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र हयाप्पी डेजका एकजना निर्माता डा. अशोक बन्सालसहितको एक समूहले उक्त वेवसाइट ‘क्रियट’ गरि प्रतिभावान व्यक्तिहरुलाई निशुल्क अवसर प्रदान गरेको हो । नेपाली समुदायसंग समेत निकट रहेका सफल व्यवसायी बन्साल हस्पिटालिटी र नर्सिङ होम व्यवसायमा छन् ।

भिप्जी वेवसाइटमार्फत सेलिब्रेटीसंग साक्षात्कार, उनीहरुका अनुभव आदानप्रदान र क्रियाकलाप, तस्विर, स्टाटस बाहेक जागिर र विभिन्न प्रतियोगितामा अवसर, व्यापार प्रवर्धन, ताजा समाचार आदि उपलव्ध छन् ।

निशुल्क दर्ता गर्न सकिने भिप्जीमा आफ्नो सीप, अनुभव, रुचीको विषय, तस्विर, भिडियो, अडियो वा अन्य व्यक्तिगत विवरण राखेर आफ्ना शुभचिन्तक र फलोअर्सहरुलाई शेयर गर्न सकिन्छ । सामाजिक मिडिया फेसबुक जस्तै यस मञ्चमा पनि स्थापित सेलिब्रेटी र तिनका फयानहरु साक्षात्कार गर्न सक्छन् । सन्देश आदानप्रदानको विकल्प छ । आफ्नो इभेन्ट क्रियट गर्न सकिन्छ । उल्लेखित सबै गतिविधि फेसबुक, टवीटर वा गुगल प्लसमा समेत शेयर गर्न सकिने व्यवस्था भएको एकजना प्रवर्धक डा. अशोक बन्साल बताउंछन् । ‘प्रतिभा र दृढ चाहना भएका युवाहरुको क्षमता उजागर गर्न सामूहिक प्लेटफर्म बनाइदिने हाम्रो उद्देश्य हो’, बन्साल भन्छन्, ‘युवा पुस्ता सूचना प्रविधिसंग अभ्यस्त र जानकार छ । हामी उनीहरुको हरेक फूर्सदिलो समय सही सदुपयोग गरेर बितोस् भन्ने चाहन्छौं ।’

व्यापार व्यवसाय प्रवर्धन गर्न पनि यो साइट सहायकसिद्ध हुने मल्टी बिलिनियर व्यवसायी बन्सालको विश्वास छ । साइटमा नाइट क्लबदेखि रेष्टुरेन्ट, फिल्म निर्माण देखि विवाह समारोह गरिदिने कम्पनीसम्म गरि १६ वर्गका कम्पनीहरु समेत दर्ता छन् । यसले रोजगारी सृजनामात्र होइन, नयां कम्पनीहरुलाई यहां निशुल्क दर्ता गरि बजार प्रवर्धन गर्न समेत मौका दिने छ ।