१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अन्तर माबि छात्र भलिवलको उपाधि प्याराडाईजलाई

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार १४:१९

गुन्जनगर । भरतपुर महानगरपालिका वडा नं. १८ स्थित गुञ्जनगर माध्यामिक बिद्यालयले स्वर्ण महोत्सवको सन्र्दभमा आयोजना गरेको अन्तर मा.बी. छात्र भलीबल प्रतियोगीताको आज समापन गरिएको छ । भलिबल प्रतियोगिताको उपाधि प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले हात पारेको छ ।

प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले ३-१ के सेटमा भिमनगर माविलाई हराएको हो । भिमनगर माविले शाझापुर मा.बीलाई हराएर फाइनलमा स्थान बनाएको थियो भने प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले अन्नपुर्ण माविलाई हराएको स्वर्ण महोत्सव को अ तिरिक्त कार्यक्रम संयोजक चिरन्जीवी पोखरेलले जानकारी दिए ।अन्तर मा.बी. छात्र भलीबल प्रतियोगीतामा पश्चिम चितवनका निजी तथा सरकारी १४ वटा बिध्यालयहरुको सहभागिता रहेको पोखरेलले बताए ।

प्रतियोगिताको ब’धवार कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालीका १८ का वडा अध्यक्ष दिपक लामाले सर्भिस गदैं उद्घाटन गरेका थिए । बिद्यालयका प्रधानअध्यापक सुर्यभक्त वाग्लेले स्वर्णमहोत्सवको सन्र्दभमा मैत्रीपुर्ण विभिन्न खेल,अन्तरमावी हाजीरीजवाफ, रक्तदान लगायतका कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।