१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मिलन अमात्यको युजिकल ट्याटु (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार ०१:५६

गायिका मिलन अमात्य अहिले साँगितिक कार्यक्रमका लागी युकेमा रहेकी छिन ।
कार्यक्रममा ब्यास्त गायिकाले युकेको ‘एभरेष्ट ईन्क’मा ‘म्युजिक मिट्स सोल’ सँगीतले हृदय छुन्छ भन्ने उन्को पहिलो एल्बम ‘मिलन’ को स्लोगन रातो ट्रेबल क्लेफ माथी खोपेर धेरै पहिले देखिको ट्याटु खोपाउने चाहाना पूरा गरेकी छिन ।

अनिल स्थापितले ‘मिलन’ एल्बममा कभर डिजाईनसँगै यो स्लोगन पनि एल्बम कभरमा लेखेका थिए । मिलनलाई यो स्लोगनले अत्यन्तै छोएकाले पनि हुन सक्छ दाहिने हातको नाडिमा गीत गाउँदा माईक समाउँदा देखिने हिसाबले ट्याटु खोपाएकी छिन ।

आधा दर्जन जती कार्यक्रमहरु अझै लाईन अप मै रहेकाले पनि गायिका मिलन ब्यास्त रहेको देखाउँछ ।

एसै बिच शहीद स्मारक सहयोगार्थ कार्यक्रमका लागी बेल्जियममा पनि एउटा कार्यक्रममा प्रस्तुती दिन पुग्ने तालिका रहेको छ, समय अभाबका कारण फ्रान्सको पेरिस र स्विजर्ल्याण्डको कार्यक्रम रद्द गर्नु परेको कुरा जानकारी गराउँदै सोचे जस्तो समय म्यानेज गर्न नसक्दा कार्यक्रम रद्द गर्नु परेको कुरा बताईन गायिकाले ।

साँगितिक कार्यक्रम बाहेक गायिका मिलन अमात्यले ईनास युकेले आयोजना गरेको युरोप स्तरिय गायन तथा नृत्य प्रतियोगिताको अडिसनमा निर्णायकको जिम्मेवारी पनि निभाउन भ्याएकी छिन ।
त्यसै गरी मृगौला पिडित नब-गायिका जलजला परियारको सहयोगार्थ कार्यक्रममा प्रस्तुती दिने कार्यक्रम तय भएको छ ।

गायिका मिलनलाई इनास युके, पासा पुछ गुठी युके, प्रतिभा नक्षत्र लगायत संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका छन ।

 

 


ई-मिडिया हब युकेले आयोजना गरेको ‘एभरेष्ट म्युजिकल ब्लाष्ट २’ साँगितिक कार्यक्रमका लागी गायिका मिलन युके आएकी हुन ।