६ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपूलमा इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार २०:१०

लिभरपूल। लिभरपूल नेपाली समाज बेलायतको आयोजनामा इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भयो। आईतवार तेश्रो इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न गरेको हो । प्रतियोगितामा न्युक्यासल, म्याकस्फिल्ड, लीभरपुल र लीडस्बाट प्रतिनिधित्व गरेका १२ टिम बिच बीच प्रतिस्पर्दा भएको थियो।

न्युक्यासलका अनुज राउत र सुनिल श्रेष्ठको टिमले म्याकसफिल्डका प्रदीप केरुङ र गोकुल लिम्बुको टीमलाई पराजित गर्दै प्रथम पुरस्कार हात पारेको थियो।
यस अघि बिजेता लिभररपुलका गंगा खत्री र सुयोग कटुवाल तथा प्रविण घिमिरे र कुमार घर्तीको टिम सेमिफाईनलबाट बाहिरियो।

न्युकासलका अनुज राउतले प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरस्कार प्राप्त गरे। विजेताहरुलाई पदक वितरण गर्दै समाजका उपाध्यक्ष नवराज अधिकारीले आयोजक तथा सम्पूर्ण खेलाडी हरुलाई धन्यवाद दिए।

कार्यक्रममा प्रदीप केरुङले सुमधुर बाँसुरीको धुनले सबैलाई मन्त्र मुग्ध पारेको थिए भने कार्यक्रमको समापन एक रात्री भोजबाट गरिएको थियो।

पहिलो र दोश्रो प्रतियोगिता क्रमशस् लिभरपुर र न्यक्यासलमा सम्पन्न भएको थियो भने चौथो प्रतियोगिता लिड्समा हुनेछ। कार्यक्रममा प्रदीप केरुङले सुमधुर बाँसुरीको धुन सहितको सांस्कृतिक कार्यक्रमले सहभागीलाई मन्त्र मुग्ध पारेको थियो भने एक रात्री भोजबाट कार्यक्रमको समापन गरिएको थियो।