८ बैशाख २०८१, शनिबार
Follow Us

भारतीय नायिका श्रीदेवीको निधन

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७४, शनिबार २१:५५

लन्डन । भारतीय नायिका श्रीदेवीको निधन भएको छ । इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार उनको ह्रदयघातका कारण शनिवार राति निधन भएको हो । ५५ वर्षीय नायिकाको दुई छोरी छन् । उनको निधनको समयमा श्रीमान र छोरी साथमै थिए । उनको दुबईमा निधन भएको समाचारमा उल्लेख छ । उनको मृत्‍युको खबरले बलिवूड लगायत उनका समर्थकहरुमा सन्नाटा छाएको छ । पछिल्ला बर्षहरुमा श्रीदेवी फिल्म मॉममा देखिएकी थिईन । उनीद्दारा अभिनित करिब ३०० चलचित्रहरुले बलिवूडमा राज गरेका छन । अभिनेत्रीको निधनको खबर सुनेर बलिवूड अभिनेत्री प्रियंका चोपड़ा, रितेश देशमुख, निमरत कौर, सुष्मिता सेन, जैकलीन फर्नांडिस, सिद्धार्थ मल्होत्रा लगायतका कलाकारहरुले दु:ख ब्यक्त गरेका छन ।