१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘मेरो मुटु’ भन्दै गोदाबारीमा निराजन–सोना

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार १४:४०

काठमाडौं । पछिल्लो समयका व्यस्त मोडल निराजन प्रधान र मोडल सोना लिम्बू पालुङ्वा शनिबार गोदाबारीस्थित ‘गोदावारी भिलेज रिसोर्ट’मा सँगै देखिए । जहाँ उनीहरु मुटुका कुरा गर्दैथिए । सोना आफ्नो मुटु दिने कुरा गरिरहँदा निराजन घुर्किन्थे ।
प्रशंग म्युजिक भिडियो छायांकनको हो, जहाँ गायिका प्रकृति थलङको ‘मेरो मुटु…’ बोलको ‘लभसङ’ छायांकन हुँदैथियो । भिडियोमा निराजन र सोनाको प्रेमभावलाई उतार्दै थिए, पत्रकार तथा निर्देशक एमपी सुब्बा ।
स्लोपप ‘मेरो मुटु…’ को भिडियोलाई क्यामेरामा कैद गर्ने काम फोटो पत्रकार तथा भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङले गरेका छन् । भिडियो छायांकन सकिएपछि निर्देशक सुब्बाले भिडियो सोचेजस्तै बनेको बताए । उनका अनुसार भिडियोमा केटाप्रति एक केटीको प्रेम आशक्तिलाई कलात्मक रुपमा उतारिएको छ । भिडियोमा सोना पछिल्लो समयका व्यस्त फेसन डिजाइनर कमल मानन्धरको क्रियटिभ पहिरनमा देखिनेछिन् । मोडलद्वयलाई सिँगार्ने काम भने निसुम नेम्बाङले गरेकी छन् ।
जेटिए कल्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बा प्रस्तुतकर्ता रहेको ‘मेरो मुटु…’ बोलको यस गीतलाई बुद्धराज राईले लेखेका हुन् भने संगीत कमल रसाइँलीको रहेको छ । भिडियो यसै साता दर्शक तथा श्रोतामाझ आउने बताइएको छ ।