४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल आज युएईसँग भिड्दै

sarusaru
१५ फाल्गुन २०७४, मंगलवार ०३:१३

काठमाडौँ । आइसीसी विश्व कप छनोट अगाडि नेपालले आज युएईसँग अभ्यास खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार जिम्बावेमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ। केही दिनअघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै नेपाल आइसीसी विश्व कप छनोटमा परेको हो। विश्व कप छनोटमा सहभागी हुनुअघि नेपालले युएईसँग अभ्यास खेल खेल्न लागेको छ। नेपालले दोस्रो अध्यास खेल फागुन १७ गते बिहीबार हङकङसँग खेल्नेछ।

नामिबियामा भएको डिभिजन २ अन्तर्गतको खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गरेको थियो भने फाइनलमा ७ रनले हारेको थियो। फाइनलमा युएईसँग भएको खेलमा नेपालका कप्तान पारस खड्का एक्लैले ११३ रन बनाएका थिए।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन। जसमा उत्कृष्ट हुने २ समुह विश्वकपमा भाग लिन पाउने छन्। प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावेसँग खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा फागुन २४ गते नेपालले स्कटल्याण्डसँग खेल्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपाल फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङसँग भिड्दैछ।
– डिसी नेपालबाट ।