१२ बैशाख २०८१, बुधबार
Follow Us

बागलुङमा क्रिकेट विकास समिति गठन

sarusaru
१६ फाल्गुन २०७४, बुधबार ०३:५५

बागलुङमा क्रिकेट विकास समिति गठन गरिएको छ । क्रिकेट खेलको विकास र संरक्षणका लागि क्रिकेट खेलमा आस्था राख्ने व्यक्तिहरुको भेलाले सो समित गठन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिको कार्यलयमा भएको खेल प्रेमीहरुको भेलाले विष्णु प्रसाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय बागलुङ क्रिकेट विकास समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा रोशन खड्का, सचिवमा फणिन्द्र खड्का, कोषाध्यक्षमा दिपेन्द्र खड्का रहनु भएको छ । समितिको सदस्यमा रामु खड्का, डिलवहादुर केसी र कमल पन्त रहनु भएको छ । समितिको सल्लाहकारमा गरिमा आवसिय माविका प्रिन्सीपल श्यामप्रसाद शर्मा रहनु भएको छ ।
समितिले आगामी वैशाख भित्र जिल्ला क्रिकेट संघ बागलुङ गठन गर्न पहल गर्ने भएको छ । समितले क्षेत्रिय क्रिकेट संघ पोखरा तथा अन्य प्रदेशसंग समन्वय गरी नयाँ खेलाडी उत्पादन गर्ने र पुराना खेलाडीहरुको अभ्यास अभिवृद्धि गर्ने तथा क्रिकेट क्लवहरुको संरक्षण तथा जागरुक वनाउने जनाएको छ