१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुरु भयो नेपाल आइडल सिजन-२

sarusaru
२४ फाल्गुन २०७४, बिहीबार ०२:१३

नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता नेपाल आइडलले लाखौँ दर्शकको मन जित्यो। नेपाल आइडलको मंच गायन क्षमता भएर पनि भित्र लुकिएरहेका नेपाली युवाहरुको लागि सुनौलो अवसर समेत प्रमाणित भयो।

नेपाल आइडल आफैमा ठुलो सो भएका कारण पहिलो चरणमा नेपालीहरु आइडल प्रति निकै उत्साहित थिए आफ्ना प्रतिभा प्रस्पोटन गर्न देशका कुना कुना बाट युवा सागर उर्लिएका थिए ।

तर आम दर्शकले भने जजहरुलाई खास्सै रुचाएनन खास गरि इन्दिरा जोशी आइडल भरि नै बढि विवादित बन्यो । न्ह्यु बज्राचार्य पनि बेला बखतमा विवादित नै बनि रहेको थियो भने काली प्रसाद बास्कोटाको त कुरै नगरौं।

खास गरी जजहरुले प्रतियोगीहरु प्रति गर्ने अपरिपक्व टिप्पणी कै कारण उनीहरु बढी विवादित बने।
अब एपी वान एच्डिले नेपाल आइडलको दोस्रो सिजन कसरि संचालन गर्लान्?
के फेरी त्यहि पुरानो जजहरु आउलान् त ?
कि फेरी पहिलो सिजनमा झैँ कतारबाट ग्राण्ड फिनालिको लाइभ गर्छु भनेर दर्शक झुक्याउने त हैन?
के अबको दोस्रो सिजनले सहि प्रतिभाको विजय हुन्छ त ?
यावत प्रश्नहरुको जवाफ पाउनको लागि भने हामि नेपाल आइडल संग संगै सहयात्रा गर्नु पर्ने हुन्छ।
तर नेपाल आइडल सिजन २ ले पहिलो चरणको नेपाल आइडल जस्तो अन्त्यमा गएर फुस्स नपारोस् नेपाल आइडल संग यो अपेक्षा आम जनमानसको छ।

नेपाल आइडलको पहिलो सिजनको त्यो सफलता पछि नेपाल आइडल संचालन गरेको च्यानल एपी वान ले केहि समय अगाडी नेपाली आइडल-२ को पनि घोषणा गरेको थियो। घोषणा गरेको केही दिनपछि एपीवानले दोस्रो सिजनको लागि अडिसनको मिती र स्थान समेत घोषणा गरिसकेको छ।