१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज नेपाल हङकङसँग भिड्दै

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७४, सोमबार ०४:५४

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । अन्तिम ६ मा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने छ । झिनो अन्तरमा हराए पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहनेछ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने छ ।

स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले अन्तिम ६ मा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यसमध्ये १ टोली मात्र असफल भएको खण्डमा सातौं हुने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।
अन्तिम ६ मा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि पुनः खेल हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।