March 23, 2023
9:45 PM | 3:30 AM
?>
खेल

उपाधिमा सिटीको बलियो पक्कड

  13/03/2018 मा प्रकाशित

लन्डन । स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने संभावना अझै बलियो पारेको छ । गएराति स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । खेलमा पाहुना टोलीलाई विजयी गराउन दुवै गोल डेभिड सिल्भाले गर्नु भयो ।

जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर १६ अंक पु¥याएको छ ।
३० खेलबाट ८१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६५ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

प्रतिक्रिया