१३ बैशाख २०८१, बिहीबार
Follow Us

अशिष्माले गरिन् विहे

sarusaru
२९ फाल्गुन २०७४, मंगलवार ०४:४३

नेपाली अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बानेश्वरका नविन प्रधानसँग सोमवार लगनगाँठो कसेकी हुन् । एक हप्ताको चिनजानमा यी दुईले विवाह गर्ने निधो गरेका थिए ।

पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन् । उनी अशिष्मामा भाइको साथी हुन् । सोमवार अशिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार भएको छ ।

नेवारी फिल्म र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् । फिल्म ‘अन्तराल’ बाट डेब्यु गरेकी उनले ‘अर्धकट्टी’, ‘राघव’, ‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनिको फूल २’, ‘संरक्षण’ लगायत फिल्ममा अभिनय गरेकी छन् ।

सोमबार साँझ नै अशिष्माले फिल्मीकर्मीलाई बिहे भोजमा निमन्त्रणा दिएकी छिन् । काँचको पर्दामा चम्कने कोशिसलाई जारी राखेकी अशिष्मालाई सफल दाम्पत्य जीवनको शुभकामना
– फिल्मी खबरबाट ।