७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाललाई वान डे अन्तर्राष्ट्रिय मान्यता

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७४, शुक्रबार ०४:४१

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो । अर्को टोली हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।
अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन् ।