६ बैशाख २०८१, बिहीबार
Follow Us

एनएजीसी पत्रकारिता पुरस्कार किरण मरहठ्ठालाइ

नेपालब्रिटेन डट कम
२ चैत्र २०७४, शुक्रबार ०५:३६

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले व्यवसायीक पत्रकारहरुको पेशागत भविश्यको सुनिश्चिता नभएसम्म पत्रकारिताको उचित विकास हुन नसक्ने बताउनु भएको छ ।
राजधानीमा बुधवार आयोजीत एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष आचार्यले भन्नुभयो, श्रमजीवि पत्रकार एैन लागु नगर्ने मिडियाको कारण पनि समस्या आएको छ ।सरकारले लोककल्याणकारि विज्ञापनको समुचित वितरणमा ध्यान दिनुपर्नेमा पनि वहाँले जोड दिनुभयो । वहाँले नेपालको एक मिडियासंग सहकार्यमा पुरस्कार स्थापना गरेकोमा एनएजीसीलाइ धन्यवाद समेत दिनु भयो । नेपाल विश्व सहयोग संघ(एनएजीसी), अमेरिका र जनसवाल पब्लिकेशन, नेपालले संयुक्त रुपमा प्रदान गर्न एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार किरण मरहठ्ठालाइ प्रदान गरिएको थियो । समारोहमा अध्यक्ष आचार्यले मरहाका प्रतिनीधिलाइ सो पुरस्कार रकम, प्रमाणपत्र र टूफि हस्तान्तरण गर्नुभयो । एनएजीसीका संस्थापक अध्यक्ष मणिनेपाली पनेरुले आफ्नी आमा दिलकुमारि पनेरु खनालको स्मृतीमा स्थापना गरेको यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर छ । पत्रकारिमार्फत अन्तराष्टिूय ख्याती कमाएका एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गरिन्छ । टेलिभिजन कार्यक्रम निर्माण र प्रस्तुतीमा हासिल गरेको उपलब्धि र उत्कृष्ट योगदानका लागी मरहठ्ठालाइ यो पुरस्कार दिइएको हो ।
कार्यक्रममा जनसवाल पब्लिकेशनका अध्यक्ष रामजी बगाले, नेपाल विश्व सहयोग संघका युवा संयोजक कैलाश पनेरु, नेपाल प्रमुख गंगा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । सन् २००८ मा स्थापना भएको नेपाल विश्व सहयोग संघ मानवअधिकार र प्रेस स्वतन्त्रतामा काम गर्नेअन्तराष्टिय संस्था हो । यसको ३५ वटा देशहरुमा शाखाहरु छन् । एनएजीसीका अध्यक्ष पनेरुलाइ समाजसेवामा उत्कृष्ट काम गरेको भन्दै २०१६ मा अमेरिकी राष्टिूपतिय स्यंसेवा पुरस्कार गोल्डद्धारा पुरस्कृत भएको थियो ।

मरहठ्ठाको पत्रकारिता यात्रा । 
किरण मरहठ्ठा सुप्रसिद्ध टेलिभिजन एंकर लेखक र डकुमेन्टिू निर्देशक हुन् । १५ बर्ष अधि बुटवल एफएमबाट प्रशारण पत्रकारिता सुरु गरेका उनले एबिसी टेलिभिजन र नेपाल टेलिभिजनमा गरि करिब ३५ सय टेलिभिजन कार्यक्रम संचालन गरिसकेका छन् । विश्वकै दोस्रो धनि क्लव बार्सिलोना फुटबल क्लवबारे मेसी द म्यान एट बार्सा नामक डकुमेन्टिू निर्देशन गरि नेपालको नाम राख्न सफल भएका छन् । त्यो स्तरको अन्तराष्टिूय बृत्तचित्रका निर्दशन गर्ने उनि पहिलो नेपाली हुन् । यो डकुमेन्टिू नेपाल अमेरिका अन्तराष्टिय चलचित्र महोत्सव अमेरिका, उल्फ फिल्म फेस्टिभल लिथुवानिया लगायत विश्वका विभिन्न फिल्म फेस्टिभलहरुमा सहभागी भएको छ । उनले अमेरिकामा निर्माण गरेको डकुमेन्टूी ूलिडिंग लायन टु एक्सेलू हालै अमेरिकामा प्रदर्शन गरिएको छ जसमा उनले प्रथम नेपाली अमेरिकन गर्भनर राजेन थापाको संधर्षको कथालाइ उतारेका छन् । अन्तर्वाता कलामा विशेष पोख्त मरहा अमेरिकी कांग्रेसम्यानसंग अन्तर्वार्ता गर्ने पहिलो नेपाली टिभि एंकर हुन् । उनले गत पुसमा अमेरिकी कांग्रेसम्यान जोसेफ क्राउलीसंग लिएको सो अन्तर्वाताले सर्वाधिक चर्चा कमाएकोे थियो उनले एबिसी टेलिभिजनमा संचालन गरेको कार्यक्रम एविसी बाच, क्रसचेक र नागरिक संवाद जस्ता कार्यक्रमहरु अत्याधिक लोकप्रिय कार्यक्रम हुन् । उनि समसामयीक विषयमा दैनिक टेलिभिजन सो गर्न एंकर हुन् । उनका कार्यक्रमहरुले नेपालको मिडियाको विकासमा र आर्थिक, समाजीक तथा राजनीतिक जीवनमा उत्कृष्ट योगदान दिएका छन् । मरहट्ठाको टेलिभिजन एंकरिंगसंग सम्बन्धीत विषयमा द होप र ूमिडिया इन मासू नामक पुस्तकहरु प्रकाशित छन् । एंकरिंग र कार्यक्रम निर्माणका लागी उत्कृष्ट मानिएको ति पुस्तकहरुलाइ पत्रकारिताका विभिन्न कलेज तथा प्रशिक्षण संस्थाहरुले सहयोगी समाग्रीको रुपमा उपयोग गरेका छन् । टेलिभिजन कार्यक्रम मार्फत उत्कृष्ट योगदान दिएबापत उनले राष्टिय पत्रकारिता पुरस्कार, परराष्ट मामिला पत्रकारिता पुरस्कार, एनएजीसि अन्तराष्यि पुरस्कार, देवकोटा पत्रकारिता पुरस्कार, अग्निवाँण राष्टिय क्रियाशिल पत्रकारिता पुरस्कार जेसिज उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेका छन् । त्यसै गरि अमेरिकाको लायन्स क्लव डिष्टिूक फोरसीथिूले क्यालिफोर्नियामा विशेष सम्मान प्रदान गरेको थियो । त्यस्तै नेपाली अबैतनिक महावाणिज्य दुतावास मेरिल्याण्ड र लस एन्जलसस्थित मिडिया खुल्लामंच र गैरआवासिय नेपाली संघले उनलाइ टेलिभिजन कार्यक्रम मार्फत प्रवासमा नेपालीको हित र मिडियाको विकासमा भूमिका खेलेको भन्दै सम्मान गरेको थियो । उनलाइ न्यूयोर्कमा नेपाली मिडियाको विकासमा भूमीका खेलेको भन्दै न्यूयोर्क सिटि काउन्सिलले जर्नालिष्ट अफ द इएरको पुरस्कार प्रदान गरेको थियो । त्यस्तै उनको अनुभव र योग्यताको कदर गर्दै नेपाल अमेरिका टूाभल जर्नालिष्ट एसोसिएसन र नोजा नेपालले विशिष्ठ सदस्यमा मनोनयन गरेको छ ।