१३ बैशाख २०८१, बिहीबार
Follow Us

नदेरल्यान्डसँग नेपाल पराजित

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७४, शनिबार १४:३२

काठमाडौं । विश्वकप छनोटअन्तर्गतको सातौ स्थानका लागि भएको प्लेअफ म्याचमा नेपाल नेदरल्यान्डसँग ४५ रनले पराजित भयो । ४४ ओभर ४ बल खेल्दा नेपालले सबै विकेट गुमाएर १ सय ४४ रनमात्रै बनाउन सक्यो  । १ सय ९० रनको सामान्य लक्ष्य पाएको नेपाली टोलीका शीर्ष ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले ३६, दीपेन्द्र सिंह ऐरले २५ र कप्तान पारस खड्काले २२ रनको योगदान दिएका थिए । पुच्छरका ब्याट्सम्यान करण केसी १३ तथा सन्दिप लामिछानेले १४ रनको योगदान दिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनायो । नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई÷दुई र शक्ति गौचनले एक विकेट लिए ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।