१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल तेस्रो स्थानमा उक्लियो

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७४, आईतवार ०४:२१

लन्डन । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५–० ले हरायो ।
लिभरपुलको जितमा मोहमद सालहले चार गोल गर्नु भयो । एक गोल रोबर्टो फिरमिनोले गर्नु भयो । मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनपछि लिभरपुलले वाटफोर्डमाथि ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लियो ।
वाटफोर्डको रक्षापंक्ति कमजोर पार्दै खेल सुरु भए लगत्तै सालाहले गोल गर्नु भयो । यो खेलमा ४ गोल गरेसँगै सालाह युरोपको शीर्ष गोलकर्ता सूचीको पहिलो नम्बरमा उक्लिनु भएको छ ।
सालहले प्रिमियर लिगमा २८ गोल गर्नु भएको छ । सलाहको अहिलेसम्म सबै प्रतियोगितामा ३६ गोल पुगेको छ ।