लन्डन । क्रिष्टियानो रोनाल्डोको चार गोलको मद्दतमा रियाल मड्रिडले स्पेनिस ला लिगामा गिरोनालाई ६–३ ले हराएको छ ।
गएरातीको खेलमा रियाल मड्रिडलाई जिताउन बाँकी गोल ग्यारेथ बेल र भाज्क्वेजले गर्नु भयो ।
गिरोनासँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गर्नु भएको छ । पछिल्ला ११ खेलमा २१ गोल गर्दै रोनाल्डोले आफू फर्ममा रहेको पुष्टि समेत गर्नु भएको छ । जीतसँगै रियाल मड्रिड २९ खेलबाट ६० अंक सहित तेश्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया