४ बैशाख २०८१, मंगलवार
Follow Us

चलचित्र उल्झनको भब्य रेड कार्पेट प्रिमियर ‘शो’

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७४, मंगलवार २०:०५

लण्डन । बेलायतमा नयाँ नेपाली चलचित्र उल्झनको रेड कार्पट प्रिमियर शो गरिएको छ । अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार उल्झनको रेड कार्पेट प्रिमियर शो गरिएको हो ।

बेलायतमा बस्दै आएका नायक ध्रुव दत्तको रेड कार्पट प्रिमियर शोको बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले रिमोट दबाएर चलचित्रको सुभारम्भ गरे । सो अवसरमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुंग,एनआरएन यूके पूर्व अध्यक्षहरु मुछेत्र गुरुंग र सुर्य गुरुंग, कलाकार सनम कुमार वैराग, सपनकुमार राई लगायतका विशिष्ट अतिथीहरुको सहभागिता रहेको थियो ।

चलचित्रका निर्देशक राजु अधिकारी बेल्जियममा रेड कार्पेट प्रिमियर सो सकेर बेलायत आइपुगेका हुन् । त्यस्तै शोमा नायक ध्रुव दत्तका अलावा अर्का नायक बेनी ढुंगाना र बेल्जियमवासी चलचित्रका निर्माताहरु तेजेन्द्र कंडेल र हरि कार्की पनि सहभागी थिए । चलचित्रमा ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय देख्न सकिन्छ । आसुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन् ।

चलचित्रका प्रस्तुतकर्ता तेजेन्द्र कंडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी छन् । चलचित्रलाई यहि मार्च २५ मा लण्डनको साउथ ह्यरो तथा मार्च ३१ मा स्वीन्डनमा प्रदर्शन गरिदैछ ।

त्यसपछि रेडिंग बेजिंगस्टोक , ननिनटंग, बर्मिंगह्याम,योर्क, वुल्वीच तथा स्कटल्याण्ड लगायतका स्थानहरुमा समेत चलचित्र प्रदर्शन गर्ने योजना रहेको नायक दत्तले जानकारी दिए । दत्तका अनुसार नेपालमा भने चलचित्र करिब २ महिनापछि रिलिज गरिने तयारी भइरहेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार उल्झनको रेड कार्पेट प्रिमियर शो मा दर्शकले उल्झन निकै मन पराएको नायक ध्रुव दत्तले बताएका छन् ।