काठमाडौं । भारत टिमको पूर्वब्याट्सम्यान वीरेन्द्र सेहवागले नेपाली टोलीका नाममा ४८ सेकेन्ड खर्चेका छन् । नेपाली क्रिकेट टोलीले एकदिवसीय मान्यता प्राप्त गरेको अवसरमा सेहवागले शुभकामना दिएका हुन् । फेसबुकमा भाइरल बनेको उक्त भिडियो नेपाली खेलप्रेमीले अत्याधिक रुचाएका छन् ।
उनले भनेका छन्, नेपाली टोलीले कमालै ग-यो । नेपालले एकदिवसीयमा प्रवेश ग-यो । उसलाई एकदिवसीयको स्टाटस प्राप्त भएको छ । यु–१९ नेपाली टोलीले भारतीय यु–१९ लाई पराजित ग-यो । मैले खेल पनि हेरे, धेरै मज्जा आयो । धेरै आशा र माया लग्दा खेलाडीहरु छन् । म कहिले नेपाल गएको छैन, तर, मेरो नेपाल घुम्ने इच्छा छ । धेरै राम्रो देश छ, स्नेही नेपाली जनता छन् भन्ने मैले सुनेको छु ।
नेपालले एकदिवसीय स्टाटस प्राप्त गरेपछि क्रिकेट खेल्ने अर्को हाम्रो एक छिमेकी थपियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि म शुभकाम कामना दिन्छु ।
सेहवाग भारतीय टोलीमा ओपनर व्याट्सम्यान थिए । अहिले उनी कमेन्टेटरका रुपमा रहेका छन् ।
https://www.facebook.com/groups/131060014182970/permalink/176669699622001/
प्रतिक्रिया