१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘मनोकांक्षा २’ को बिमोचनका लागी गीतकार मुकेश राई नेपाल आईपुगे

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७४, शुक्रबार ००:०४

परदेश बसेर नेपाली सँगीतमा अतुलनिय योगदान पुर्याउने उत्कृष्ठ गीतकार मध्यका एक गीतकार मुकेश राईले नयाँ गिती एल्बम ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने तयारी गरेका छन ।

कर्मभूमी बेलायत देखी एल्बम बिमोचन गर्नकै लागी अहिले गीतकार आफ्नो स्वदेशी भूमीमा आई पुगेका छन ।
मनोकांक्षा -२ बिमोचन आगामी बिहिबार, चैत्र १५ गते, २९ मार्चका दिन काठमाण्डौको बिएफबिएस गोर्खा रेडियो, मानभवनमा प्रमुख अथिति ब्याकुल माईला (राष्ट्र गान सर्जक) को आतिथ्यतामा संगीतकारहरु हरि लम्साल, ताराप्रकाश लिम्बु, गायक गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बु, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान र अमृता लिम्बु लगायत अन्य अतिथीहरुको उपस्थितिमा ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने कार्यक्रम रहेको छ ।
ई-मिडिया हब युके लिमिटेडले कार्यक्रमको आयोजनाको तयारी गरिरहेको छ । कवि, गीतकार स्वप्निल स्मृतिले एल्बमको समिक्षा गर्नु हुनेछ ।

शुशिला लाबुङ राई द्वारा प्रस्तुत ‘मनोकांक्षा २’ मा ताराप्रकाश लिम्बु र हरी लम्सालको सँगित अनि गायक गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बु, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान र अमृता लिम्बुको आवाज सुन्न सकिने छ ।

रेकर्डिङकै क्रममा चर्चित बनेका गीतहरु समाबिष्ट ‘मनोकांक्षा २’ स्टार लाईट ईन्टरटेनमेन्टले बजार ब्याबस्थापन गरिरहेको छ ।

मनोकांक्षा २ भित्र, मेरो प्यारो मेरो नेपाल, अनमोल मायाको, दुखमा झर्ने, साथी तिमी मेरो, तिमी मेरो सन्सार, फिका फिका भा छ र के कुरा बसन्तको .. बोलका गीतहरु समाबिष्ट छन ।