१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुवर्णलता बौद्धदर्शनमार्गी उपन्यास

sarusaru
११ चैत्र २०७४, आईतवार ०४:५२

सरु पौडेल,काठमाण्डौ –मालिका केसरीद्वारा लिखित सुवर्णलता उपन्यासको प्रकाशन सांग्लिा बुक्सले गरेको हो । शनिबार पर्यटन बोर्डको हलमा सुवर्णलताको अन्तरसंवाद सम्पन्न भएको थियो । आख्यानकार अमर नयौपाने, समालोचक डा.राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले उपन्यासको समालोचना गर्नुभएको थियो ।
साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चाालन पज्वल अधिकारीले गर्नुभएको थियो ।
वक्ताहरुले उपन्यासमा बौद्ध दर्शनलार्इ सजिलै बुझ्न सकिने कुरा व्यक्त गर्नुभएको थियो । उपन्यासमा प्रेमका कुरा , २५०० वर्षअघिको बुद्धका पालाकी सुवर्णलताको शारीरिक परिवर्तन नभएको कुरालाई सामान्य रुपमा लिइने भन्दै आख्यानकार अमर न्यौपानेले पाठकीय धारणा पनि व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले यस्ता उपन्यासले पाठकहरुको मन शान्त पार्ने र सजिलै पाठकलाई आकर्षण गर्ने बताउनुभयो ।