१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘नाईं नभन्नु ल ५’ मा केकी

sarusaru
१२ चैत्र २०७४, सोमबार ०५:२२

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ ।

मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो ।

चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन गर्दैछन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछ ।

यस्तै, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी पनि फिल्ममा लिड रोलमा अनुवन्धित भएका छन् ।

फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक आचार्यले अभिनेत्री केकी अधिकारी पनि फिल्ममा भित्रिएको जानकारी दिए ।

उनले भने, ‘उहाँको विशेष भूमिका छ । स्क्रिप्ट सुनेपछि उहाँले एकै पटकमा फिल्म गर्ने वचन दिनुभयो ।’ केकीको भूमिकाको विषयमा भने उनले केही खुलाउन चाहेनन् ।

वर्ष २०७५ को भदौ ८ गतेलाई प्रदर्शन मिति लक गरिएको यो फिल्ममा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निर्वाहा गर्ने छिन् । ‘नाईं नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ ।

निर्देशक आचार्य उक्त फिल्मबाट नयाँ नायक लञ्च गर्दैछन् । नाम भने गोप्य राखिएको छ । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा छ ।
– फिल्मी खबरबाट ।