११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालले लर्डसमा नेदरल्याण्डस र एमसीसीसँग त्रिकोणात्मक टी-२० खेल्ने

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७४, सोमबार १९:५६

नेपालले बेलायतको लर्डस क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी-२० खेल्ने भएको छ।

एमसीसीले सोमबार साझ एक विज्ञप्ति जारी गर्दै सो टी-२० खेलका बारेमा जानकारी गराएको हो। एमसीसीका अनुसार सीरिज जुलार्इ २९ मा हुनेछ। उक्त दिन नेपाल र नेदरल्याण्ड्सले लर्डसमा एमसीसीसँग खेल्ने विज्ञप्तिमा उल्लेख छ।

पहिलो खेल स्थानिय समानुसार विहान १० बजे सुरु हुने र फाइनल खेल साझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ। १७८७ मा स्थापना भएको एमसीसीका अन्तर्गत लर्डस क्रिकेट मैदान पर्ने गर्छ।

नेपाल र नेदरल्याण्ड्सले जिम्बाबेमा यसै महिना सम्पन्न विश्वकप छनोट खेलपछि एक दिवसीयी अन्तराष्ट्रिय मान्यता पाएका थिए। नेपालले छनोटबाट भने नेदरल्याण्ड्सले त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जित्दै सन् २०२२ सम्म एक दिवसीय अन्तराष्ट्रिय मान्यताको सुनिश्चित गरेको थियो।

नेपालमा पछिल्लो समय क्रिकेटको माहौल ह्वात्तै बढेको उल्लेख गर्दै एमसीसीले सन् २०१६ मा नेपालले लर्डसमा डेब्यू गरिसकेको जनाएको छ। नेपाल र इग्ल्याण्डबीच दैत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपाली टोली र एमसीसीबीच भएको खेलमा नेपालले एमसीसीलार्इ ४१ रनले पराजित गरेको थियो।

नेपाली कप्तान पारस खड्काले होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा पुन: खेल्न पाउनु अाफ्नो सौभाग्य रहेको बताएका छन्। लर्डसमा खेल्नु अाफैमा महत्वपूर्ण भएको र अाफूहरु पनि यस्तै मौकाको खोजीमा रहेको पारसले बताएका छन्।

पारसले इग्ल्याण्डमा बस्ने सम्पूर्ण नेपालीहरुलार्इ उक्त खेलमा अार्इ नेपाली नेपाली टोलीलार्इ समर्थन गरिदिन समेत अनुरोध गरेका छन्। यसअघि २०१६ मा एसीसीसँग भएको खेल हेर्न ५ हजार बढी नेपाली लर्डस मैदान पुगेका थिए।

‘एसोसियट क्रिकेटलार्इ माथि उठाउन एमसीसीले खेलेको भूमिका प्रति धन्यवाद दिन चाहान्छु,’ पारसले भने, ‘भविष्यमा पनि नेपाल र एमसीसी क्रिकेट सुमधुर सम्बन्ध कायम भर्इ थप प्रतियोगिता हुनेमा म अाशावादी छु।’