११ बैशाख २०८१, मंगलवार
Follow Us

क्रिकेटको उपाधि आयोजक लाई

sarusaru
१३ चैत्र २०७४, मंगलवार १२:२३

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा बागलुङमा भएको पाँचौ धौलागिरि कपतथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम बागलुङ क्रिकेट क्लबले जितेको छ । सोमबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा राईजिङ क्रिकेट एकेडेमि पोखरालाई ५२ रनले पराजित गर्दै बागलुङ क्रिकेट क्लबले उपाधि कब्जा गरेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको बागलुङ क्रिकेट क्लबले खराव सुरुवात गरेतापनि ओपनर पुरणसिंह ठकुरी र पाचौ नम्बरमा व्याटिङ गर्न आएका किरण ठगुन्नाले अर्धशतक प्रहार गर्दै टिमलाई राम्रो योगफल तर्फ पुराएका थिए । किरणले ४१ बलमा ६९ रन बनाएका थिए भने पुरणसिंहले ४९ बलमा ५२ रन प्रहार गरेकाथिए । बलिङ तर्फ राईजिङका विनय भण्डारीले ३, मुकिलयादव र करण केसीले समान २–२ विकेट लिएका थिए । यस्तै १ सय ७६ रनको जवाफि लक्ष्य पछ्याएर व्याटिङ गरेको राईजिङले सुरुवातबाट खराव प्रदर्शन गरेको थियो ।
राईजिङको लागि ओपर करण केसीले २६ बलमा ३८ रन र सातौ नम्बरमा व्याटिङ गर्न आएका विनय भण्डारीले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकसमेत छुन सकेनन् । राईजिङका ३ जना खेलाडीले खाता नखोली पवेलियन फर्केका थिए । बलिङ तर्फ बागलुङका महोमदले ३, विक्की गाजि, विक्रम सोव, किरण ठगुन्नाले समान २–२ विकेट लिएका थिए । उपाधि जितेको बागलुङ क्रिकेट क्बलले एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गरेको थियो भने उपविजेतामा चित्तबुझाएको राईजिङले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त ग¥यो । यस्तै फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागलुङ क्रिकेट क्लबका किरण ठगुन्ना म्यान अफदि सिरिज हुँदै १० हजार नगद सहित डोगीमोबाईल प्राप्त गरे ।
ठगुन्नाले प्रतियोगितामा १ सय ४३ रन र ७विकेट लिएकाथिए । यस्तै प्रतियोगिता भर ११ विकेट लिएका बागलुङ क्रिकेट क्लबका विक्रम सोव बेष्ट बलर र १ सय ९१ रन प्रहार गरेका पुरणसिंह ठकुरी बेष्ट व्याट्सम्यान बन्दै जनही ५–५ हजार प्राप्त गरेका थिए । यस्तै उद्यमान खेलाडी बानपा–५ मालिकाका सुनिल जिसी र अनुसाशित टिम रक ११ स्याङ्जा बन्यो ।