१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रमुख संरक्षक लामिछाने अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी नहुने

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७३, शुक्रबार ०६:३२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को भोलि (शनिबार) देखि अमेरिकाको न्युजर्सीमा सुरु हुने अमेरिकी नवौं क्षेत्रीय सम्मेलनमा प्रमुख संरक्षक जीवा लामिछाने सहभागी नहुने भएका छन् । यतिबेला अमेरिकामै रहेर पनि उक्त सम्मेलनमा आफू सहभागी नहुने जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक र ट्इटरमा लेखेका छन्– ‘सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएदेखि संघका सबै क्षेत्रीय / बिश्व सम्मेलनहरुमा सहभागी हुँदै आएको थिएँ ! भोलिदेखि अमेरिकाको न्युजर्सीमा सुरु हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनमा सहभागी हुने चाहना हुँदाहुँदै पनि बिशेष कारणबस यसपटक सहभागी हुन सकिएन !
सम्मेलन सफल रहोस ! मेरो शुभकामना !

अमेरिकी नवौं क्षेत्रीय सम्मेलनले गैरआवासीय नेपाली संघको संरचना हेरफेर गर्ने चर्चा चलिरहेका बेला संरक्षक लामिछानेले सम्मेलनमा सहभागी नहुने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।