१३ बैशाख २०८१, बिहीबार
Follow Us

सन्दिप दिल्ली डेयरडेभिल्सको मैदानमा

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०८:१३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालबाटै पहिलो पटक अवसर पाउनु भएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिनु भएको छ । उहाँले आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गर्नु भएको छ ।

प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी हुनु भएको हो । दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो खेल ८ अप्रिलमा किंग्स इलाभेन पञ्जावसँग खेल्दैछ ।

सन्दिप पञ्जापसँगको मैदान प्रवेश गर्ने वा नगर्ने विषयमा धरै नेपालीहरुको चासो छ । सन्दिपलाई यतिबेला दिल्लीले निकै महत्व दिएको छ । दिल्ली डेयरडेभिल्सले सन्दिपका अनुभव र प्रतिक्रियालाई भिडियो क्लिपमार्फत सार्वजनिकसमेत गरेको छ ।