१३ बैशाख २०८१, बिहीबार
Follow Us

वार्नरले अब अस्ट्रेलियाका लागि कहिल्यै क्रिकेट नखेल्ने

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार ०८:३१

सिड्नी । डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिनु भएको छ । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध हटेपछि वार्नलाई कहिल्यै कप्तान नबनाइने निर्णय गरिदिएको छ ।

वार्नरलाई दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार भनिएको छ । यद्यपि, यसबारे छानविन जारी छ । पत्रकार सम्मेलन गरेर वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताउनु भएको छ । साथै उहाँले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी माग्नु भएको छ ।