७ बैशाख २०८१, शुक्रबार
Follow Us

जापान पुगेका खेलाडी विमानस्थलबाटै किन भए गायब !

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार ०४:१२

काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ ।नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका आजको अन्नपूर्णमा समाचार छ ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये २ जना मात्रै साथमा थिए ।बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन् ।
जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेत गैर खेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

फर्किएका खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरुसँग दोस्रोपटक भेटसमेत भएन ।