१५ चैत्र २०८०, बिहीबार
Follow Us

गाउँमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

sarusaru
१८ चैत्र २०७४, आईतवार ०६:३४

सरु पौडेल , काठमाण्डौ–शनिबार‘नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुड. नपा १४ नारायणस्थानमा आयोजित ‘ पं नीलकण्ठ पौडेल शतवार्षिक जन्मजयन्ती समारोह भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोह राष्ट्रियसभाका सदस्य , पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्य, पूर्वसचिव महाश्रम शर्मा, कविवर विनोदी विशिष्ठ अतिथि र कवि भुपिनको उद्घोषणमा सन्चालित थियो। यस कार्यक्रममा साहित्यकार दीनानाथ शर्मालाई ‘ पं नीलकण्ठ पौडेल जन्मशताब्दी सम्मान, प्रा डा नारायणप्रसाद खनाल र कवि मुकुन्द शर्मा चालिसेलाई ‘ बरिष्ठ भाषा-साहित्यसेवा पुरस्कार, साहित्यकार काजी रोशन र ध्रुवलाल शर्मालाई नीलकण्ठ स्मृति साहित्य पुरस्कार , कवि गीतकार गायिका नमुना शर्मालाई ‘ हस्तकला पन्चकला महिला स्रष्टा पुरस्कार तथा कवि भरत बाग्लुङेलाई ‘युवा स्रष्टा पुरस्कारद्वारा सम्मानि गरियो। सो पुरस्कारको रासी जनही रु .१००००/ थियो। चितवन, नवलपुर र गोर्खाका साहित्यकारहरु गोविन्द विनोदी, प्रकाश चापागाईं, नारायणप्र पोखरेल, गणेश श्रमण, डी आर पोखरेल, भीम सुवेदी, पूर्ण प्र. अधिकारी लगायत स्रष्टाहरूबाट रचना वाचन गरिएको सो अवसरमा जनताधन मा .वि .का दुई छात्र-छात्रालाई रू ५०००/ ५०००/ पुरस्कार समेत प्रदान गरिएको थियो ।