६ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ एनआरएन नवौं क्षेत्रीय सम्मेलनको चहलपहल (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार ०४:३९

न्युजर्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा शनिबार बिहान ६ बजेदेखि सुरु भएको छ । रामचन्द्र पोखरेलको योगबाट सुरु भएको उक्त सम्मेलन आइतबार साँझ सांगीतिक नृत्य गरेर सम्पन्न हुनेछ । न्यूयार्कको डबल थ्री हिल्टन होटलमा आयोजित उक्त सम्मेलनमा शनिबार १२ बजेभन्दा अगाडिसम्म चिया, नाम दर्ता र भेलालगायत हुनेछ । विहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म विभिन्न सांगीतिक कार्यक्रम भएपछि प्रमुख अतिथि पूर्वसभामुख सुवाश नेम्वाङले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नेछन् । कार्यक्रम उद्घाटन पछि एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेलले स्वागत मन्तव्य राख्ने कार्यक्रम छ । त्यसपछि संस्थाका पूर्वअध्यक्षहरु संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, तथा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बोल्ने कार्यक्रम छ । त्यसपछि एनआरएन अध्यक्ष शेष घले र पूर्वसभामुख नेम्वाङले बोलेपछि पहिलो सेसनको कार्यक्रम सकिनेछ । मध्यान्न १२ बजेको खानापछि दिउँसो १ बजेदेखि २ बजेसम्म एनआरएन भिजन २०२० एन्ड वियोन्डबारे छलफल चलाइनेछ । त्यसबारे एनआरएन अमेरिका अध्यक्ष डा. पौडेलले छलफल सुरु गर्नेछन् । अपराह्न २ देखि ३ बजेसम्म नेपालमा गएको भूकम्पमा एनआरएनले पु¥याएको योगदानबारेमा छलफल चलाइनेछ । उक्त विषयमा विभिन्न देशका एनसीसी सदस्यहरुले बोल्ने कार्यक्रम छ । त्यसैगरी दिउँसो ३ बजेदेखि ४ बजेसम्म नागरिकको निरन्तरता (सीएनसी) फोरमले छलफल चलाउने छ । सीएनसी फोरमको नेतृत्व गरिरहनुभएका रामप्रताप थापा र खगेन्द्र जिसीले यसबारे प्रकाश पार्नु हुनेछ । दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म एनआरएन अभियानबारे सुजिप शाक्यले कार्यक्रम चलाएपछि शनिबारको कार्यक्रम अन्त्य हुनेछ । एनआरएन अभियानबारे विभिन्न आईसीसी सदस्य तथा एनसीसी अध्यक्षहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ । उक्त धारणा राखेपछि साँझको खानपानसँगै सांस्कृतिक कार्यक्रम गरेपछि शनिबारको सेसन अन्त्य हुनेछ । 1 2 3 4 5 6