March 23, 2023
8:58 PM | 2:43 AM
?>
खेल

रोमाको पोस्टमा बार्साको ४ गोल

  05/04/2018 मा प्रकाशित

लन्डन । च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले दुई आत्मघाती गोलको मद्दतमा इटालियन क्लब रोमा माथि ४–१ को जित निकालेको छ ।
नोउ क्याम्पमा भएको खेलको ३८औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले एक शुन्यको अग्रता लियो । ५५औं मिनेटमा फेरि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गर्नु भयो र बार्सिलोनाले २–० को अग्रता बढायो । ५९औं मिनेटमा जेरार्ड पिकेले टोलीका लागि तेस्रो गोल थप्नु भयो ।
यस्तै, ८०औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमाको आश जगाउनु भएको थियो । तर त्यसबेलासम्म रोमाले आफ्नो हातबाट खेल बार्सिलोनालाई सुम्पिसकेको थियो ।

प्रतिक्रिया