१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अभिनेता सलमान खान जमानतमा रिहा

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १२:३८

नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता सलमान खान जमानतमा रिहा हुने भएका छन् । जोधपुर सेसनकोटले सलमान खानको जमानत स्वीकृत गरेपछि उनी आजै रिहा हुने भएका छन् । उनलाई पचास हजार धरौटी राखेर जमानत दिइएको हो । राजस्थानमा ‘हम साथ साथ हैं’ चलचित्रको सुटिङको क्रममा लोपोन्मुख कालो हरिण शिकार गरेको आरोपमा उनलाई अदालतले पाँच वर्षको जेल सजायँ दिएको थियो । सलमान रिहा भएपछि उनका प्रशंसकहरुले ठाउँठाउँमा खुसियाली मनाएका छन् ।