१२ बैशाख २०८१, बुधबार
Follow Us

स्याङजामा वृहत साहित्यिक कार्यक्रम सम्पन्न

sarusaru
२६ चैत्र २०७४, सोमबार ०३:०५

स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार विविध कार्यक्रम गर्दै साहित्यिक क्षेत्रमा कलम चलाउने ५ जना स्रष्टालाई सम्मान गरेको छ । स्याङजा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित स्रष्टा सम्मान,कृति बिमोचन एवम् बृहत काब्य गोष्ठीमा एक दर्जन भन्दा बढी सर्जक रचनाबाचन पनि गरेका थिए ।

कार्यक्रममा विभिन्न ४ विधामा ५ जना स्रष्टालाई पुरस्कार प्रदान गरिएको थियो । कालिगण्डकी साहित्य कला पुरस्कार २०७४ साहित्यिक पत्रकार नवराज रिजाल, यानीत स्मृती साहित्य पुरस्कार युवा आख्यानकार तथा कलाकार खगेन्द्र लामिछाने, निर्मल टुकमाया गिरी पर्यावरण पुरस्कार २०७४ प्रा.डा. शेषकान्त अर्याल, आमा सुिमत्रादेवी गिरी साहित्य पुरस्कार २०७३ डा. श्याम प्रसाद न्यौपाने र सोही पुरस्कार २०७४ सरु पोख्रेललाई प्रदान गरिएको थियो । साहित्यिक क्षेत्रमा कलम चलाएका साहित्यिक पत्रकार नबराज रिजाल, युवा आख्यानकार तथा कलाकार खगेन्द्र लामिछाने र प्रा.डा. शेषकान्त अर्याल नगद १० हजार रुपैँया, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यसैगरी डा.श्याम प्रशाद न्यौपाने र सरु पोख्रेल नगद ७ हजार रुपैँया, दोसल्ला र प्रमाणपत्रले सम्मानित भएका थिए ।
आफ्नै जन्मभूमीमा आफु सम्मानितहुँदा लेखन र कला संस्कृतिप्रति अझ जिम्मेवारी थपिएको कलाकार खगेन्द्र लामिछानेले बताए । उनले भने -‘साँच्चै कुनै लेख लेख्न स्याङजाको भुमीमा आउँदा फरक उर्जा प्राप्त हुन्छ ।’
सो कार्यक्रमको अवसरमा गजलकार लक्ष्मी काफ्लेको गजल सङ्ग्रह वसन्तका जुनेलीहरु नामक कृतिको विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा पाल्पा, म्याग्दी, मकवानपुर, नवलपुर, बाग्लुङ लगाएतका जिल्लाहरुका साहित्यिक स्रष्टाहरुले रचना बाचन गरेका थिए ।