१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू (भिडियो /फोटो)

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार १६:५६


चिरन शर्मा/हाेमप्रसाद लम्साल, न्युजर्सी

न्युजर्सी (अमेरिका)— ‘एनआरएन भिजन २०२० एन्ड बियोन्ड’ थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा सुरु भएको छ। अगस्ट २७ र २८ दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल, बहस हुनेछ।

डबल ट्री हिल्टन होटलमा दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ। प्रमुख अतिथि पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले पानसमा बत्ती बालेर सम्मेलन उद्घाटन गरेका छन्।

पहिलो मन्तव्य राख्दै एनआरएनए अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले विभिन्न मुलुकबाट जम्मा भएका संस्थाका प्रतिनिधिलाई स्वागत गरेका थिए।

उद्घाटन सत्रमा एनअारएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महताे, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरु मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने, अमेरिकी क्षेत्रका संयोजक सोनाम लामालगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिने कार्यक्रम छ।

‘विगतमा एनआरएनए एउटा अभियान जस्तो रहे पनि अहिले यसको भूमिका बद्लिएको छ। हामी राहत, उद्धारदेखि विकास निर्माण कार्यमा नेपाल सरकारसँगै साझेदारी गरेर अघि बढ्न थालेका छौं’, अध्यक्ष घलेले नागरिकन्युजसँग भने, ‘यो अवस्थामा संस्थालाई कसरी प्रभावकारी बनाएर अघि बढाउने, पुनःसंरचना गर्ने भन्ने विषय भिजन २०२० एन्ड बियोन्ड थिमले समेट्न खोजेको छ। यो सम्मेलनमा हामी त्यसमै केन्द्रित भएर छलफल गर्नेछाैं। ’
सम्मेलनमा सहभागी गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन नेपालको आर्थिक समृद्धिका लागि थप लगानी भित्राउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे। विदेशमा नेपालीहरुको सँख्या बृद्धि हुदै गएको अवस्थामा एकअर्का क्षेत्रीय सम्मेलनले साथीभाइ बीचको भाइचारालाई थप बलियो बनाउनुका साथै देशको लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने उल्लेख गरे।

शनिबार र आइतवार चल्ने सम्मेलनमा करिब ४० देशका चार सय प्रतिनिधिले भाग लिएको महासचिव डा बद्री केसीले जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतबार संघका बिभिन्न देशको प्रगतिप्रतिवेदन पेश गर्ने, महिला सम्मेलन, पर्यटन प्रर्वधन, एनआरएन च्यारीटी, लगायतका बिषयमा छलफल हुनेछ।

भोजनपछिकाे सत्रमा आजै बुहप्रतिक्षित एनआरएन भिजन २०२० एन्ड बियोन्डमाथिको कार्यशाला सुरु हुनेछ। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले उक्त थिमको उद्देश्य, लक्ष्यबारे सहभागी समक्ष प्रस्ट्याउनेछन्। शनिबारकै शत्रमा अध्यक्षले घलेले संस्थाको भवन तथा भूकम्पपछिको पुनःसंरचनाबारे प्रस्तुति दिनेछन्।

संस्था स्थापनाको सुरुमा यसलाई अभियानका रुपमा चलाउँदै आए पनि बद्लिएको समयमा एनआएनएको भूमिका परिवर्तनको आवाज उठ्न थालेपछि त्यसलाई समेट्न एनआरएनए भिजन २०२० एन्ड बियोन्ड ल्याइएको अध्यक्ष घलेले नागरिकन्युजलाइ बताए।

‘विगतमा एनआरएनए एउटा अभियान जस्तो रहे पनि अहिले यसको भूमिका बद्लिएको छ। हामी राहत, उद्धारदेखि विकास निर्माण कार्यमा नेपाल सरकारसँगै साझेदारी गरेर अघि बढ्न थालेका छौं’, अध्यक्ष घलेले नागरिकन्युजसँग भने, ‘यो अवस्थामा संस्थालाई कसरी प्रभावकारी बनाएर अघि बढाउने, पुनःसंरचना गर्ने भन्ने विषय भिजन २०२० एन्ड बियोन्ड थिमले समेट्न खोजेको छ। यो सम्मेलनमा हामी त्यसमै केन्द्रित भएर छलफल गर्नेछाैं।’

यसअघि नागरिकता प्राप्ति, नेपालमा लगानीको सुरक्षा जस्ता विषय उठाउँदै आएको एनआरएनएले ती माग लगभग सम्बोधन भइसकेको अवस्थामा सन् २०१५ मा काठमाडौंमा भएको ग्लोबल कन्फरेन्स घोषणापत्रमा नेपालको आर्थिक विकासको साझेदारको रुपमा अघि बढाउने उल्लेख गरेको थियो। भूकम्पपछिको पुनःनिर्माणमा सरकारसँग, विपत् व्यवस्थापन गर्न नेपाली सेना, काठमाडौंस्थित राष्ट्रसंघीय कार्यालय एवं अमेरिकी दूतावाससँग सम्झौता गरेर एनआरएनएले कार्य गर्दै आएको छ। यी कामका लागि संरचना सुधार गरेर अघि बढ्नुपर्ने प्रस्ताव भिजन २०२० एन्ड बियोन्डमा रहेको अध्यक्ष घलेले बताए।

यो क्षेत्रीय सम्मेलनमा छलफल भएपछि यो मुद्दा क्षेत्रीय कमिटीहरु र आइसीसीमा पठाइनेछ। २०१७ को ग्लोबल सम्मेलनमा प्रस्तुत हुन्छ। त्यसले पारित गरेको खण्डमा मात्र यो प्रस्ताव कार्यान्वयनमा जानेछ।