१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लण्डनमा हुर्केकी स्नेहा श्रेष्ठको ‘तिम्रो प्रीतले’(भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७४, बुधबार २२:१९

काठमाडौं । गायक तथा संगीतकार अनिल शाहीको शब्द तथा संगीतमा गायिका स्नेहा शाक्य श्रेष्ठको आवाजमा `तिम्रो प्रीतले´ बोलको गीत सार्वजनिक भएको ।

बिगत लामो समय देखि संगीत क्षेत्रमा आफुलाई अब्बल बनाउदै आईरहेका संगीतकार अनिल शाहीले संगीत संग संगै गायनमा पनि अब्बल हुँदै आईरहेका छन । संगीतकार अनिलले केही समय यता गीतमा संगीत भर्नुको साथै गायन तथा अभिनय समेत गर्न थालेका छन भने उनले यस सार्वजनिक गीतमा अभिनयको साथ गीतको म्युजिक भिडियो समेत निर्देशन गरेका छन ।

सार्वजनिक गीतका लेखक तथा संगीतकार अनिल शाहीको निर्देशन समेत रहेको यस गीतको म्युजिक भिडियोमा गीतका लेखक,संगीत तथा निर्देशन अनिल शाहीकै अभिनय समेत रहेको छ भने भिडियोमा उनलाई मोडल बबिता प्रधान श्रेष्ठले साथ दिएका छन । गीतलाई रसिला श्रेष्ठले खिचेका छन भने अमृत चापागाईंको सम्पादन रहेको छ ।
– लक्ष्मी धिमाल